
सुर्खेत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता गरेका छन्। बालकृष्ण खाँडको प्रस्ताव र कृष्ण सिटौलाको समर्थनमा देउवाले आज उम्मेदवारी दिएका हुन्।
देउवा समूहबाट उपसभापति विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का रहेका छन्।
देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई उम्मेदवार बनाएका छन्।
सहमहामन्त्रीमा महिला कोटाबाट मकवानपुरकी महालक्ष्मी उपाध्याय, आदिवासी जनजाती तर्फको कोटाबाट पाँचथरका भिष्मराज आङ्दाम्बे, दलिततर्फको कोटाबाट अर्घाखाँचीका मानबहादुर विश्वकर्मालाई उम्मेदवारी बनाईएको छ।
मधेशीतर्फको कोटाबाट धमुषाका महेन्द्र यादव, खस आर्यतर्फको कोटाबाट बर्दियाका किशोरसिंह राठोर, थारु थर्फको कोटाबाट बाराका उमाकान्त चौधरी, मुस्लिमतर्फको कोटाबाट बाराका फर्मल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट हुम्लाका जीवनबहादुर शाही सहमहामन्त्रीका उम्मेदवार छन्।
यस्तै अर्को प्यानलबाट प्रकाशमान सिंहले सभापतिमा उम्मेदवार दिएका छन्। उनको प्यानलबाट उपसभापतिमा सुजाता कोईरालाले उम्मेदवारी दिएकी छन्। महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवार दिएका छन्।
यस्तै विमलेन्द्र निधीले पनि सभापतिमा उम्मेदवारी दिएका छन्। उनले प्यानल भने बनाएका छैनन्।
कर्णाली टाइम्स
शनिबार, मंसिर २५, २०७८
