बुधबार, पुस ९, २०८२

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा केसी

  
कर्णाली टाइम्स बुधबार, मंसिर २९, २०७८


सुर्खेत। नेकपा माओवादीको कर्णाली प्रदेश समितिको अध्यक्षमा विमला केसी चयन भएकी छन्। सुर्खेतमा जारी प्रदेश अधिवेशनबाट केसीलाई सर्वसम्मत् अध्यक्षमा चयन गरेको हो ।
माओवादीको कर्णाली प्रदेश अध्यक्ष बनेकी केसी रुकुम पश्चिमबाट प्रदेश सभा सदस्य हुन्।
यअघि करिब तीन बर्ष प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिईन्। १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा उनी भूमिगत भई माओवादीमा लागेकी थिईन्।
कर्णाली प्रदेश अधिवेशनले प्रदेश समितिका अन्य पदाधिकारी चयन गर्न भने बाँकी छ।