आइतवार, पुस १३, २०८२

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा धामी र पुजारी पक्राउ

  
कर्णाली टाइम्स बुधबार, पुस ७, २०७८


सुर्खेत। महिलामाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले धामी र पुजारीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।
मंसिर ४ गते सुर्खेतको लेकवेशी नगरपालिका–४ मा कुल पुजामा बोलाईएका उनीहरुले एकजना महिलामाथि अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। प्रहरी प्रतिवेदनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का ६६ बर्षीय भूपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का मिलन ज्ञवाली पक्राउ परेका हुन्।
उनका अनुसार पीडित पक्षबाट जाहेरी आएको छैन। पक्राउ परेकाहरुमाथी अनुसन्धान गर्न भने अदालतबाट अनुमति लिईएको प्रहरी निरीक्षक शाहीले बताए।