
सुर्खेत। सुर्खेतको वीरेन्द्रचोकमा राजा वीरेन्द्रको शालिक राखिएको छ। वीरेन्द्रनगर उपत्यकको मुख्य भागमा पर्ने चोकमा बुधवार राजा वीरेन्द्रको शालिक राखिएको हो। स्वतन्त्र नागरिक समाजले वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसरमा अर्धकदको शालिक राखेको हो।
तत्कालीन राजा वीरेन्द्रकै नामबाट २०२९ सालमा सुर्खेत उपत्यकाको नाम वीरेन्द्रनगर राखिएको थियो।
०६२÷०६३ को जनआन्दोलनको समयमा वीरेन्द्रको शालिकसहितको चोक भत्काईएको थियो। भत्किएको चोक २०७६ भदौमा पुनःनिर्माण गरिएको थियो। तर वीरेन्द्रको शालिक भने राखिएको थिएन।
वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्र चोकलाई पानीको फोहोरासहितको बनाउनका लागि २०७५ जेठमा भत्काएको थियो। त्यसपछि विवादमा आएको वीरेन्द्रचोक पुनःनिर्माण गरी गमलाहरु राखिएको थियो।
स्वतन्त्र नागरिक समाजका अगुवा भरतप्रसाद ढकालले अहिले अर्धकद भएको वीरेन्द्रको शालिक राखिए पनि केही समयपछि पूर्ण कदसहितको राखिने बताए।
कर्णाली टाइम्स
बुधबार, पुस १४, २०७८
