शनिबार, असार २१, २०८२

कर्णाली प्रदेश खेलकुद परिषद्ले दुई खेलाडीलाई नगद पुरस्कारमार्फत प्रोत्साहन गर्दै

  
कर्णाली टाइम्स आइतवार, पुस १८, २०७८


सुर्खेत। कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रदेशका दुई जना महिला खेलाडीलाई नगद पुरस्कारसहित प्रोत्साहन गर्ने भएको छ। आइतबार बसेको परिषद्को बैठकले जुम्लाकी सुनमाया बुढा र जाजरकोटकी कामना विष्टलाई पुरस्कार दिने घोषणा गरेको हो।
परिषद्ले सुनमायालाई २ लाख र कामनालाई ५० हजार रुपैयाँ प्रोत्साहनस्वरुप पुरस्कार दिने निर्णय गरेको हो।
जुम्लाकी सुनमाया हालै थाइल्याण्डमा भएको एसियन अल्ट्रा ट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी थिइन्। त्यस्तै उनी उक्त प्रतियोगितामा सहभागी दुई हजार प्रतियोगीमध्ये तेस्रो भएकी थिइन्।
बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगीता सहभागी जाजरकोटकी कामनाले नेपाललाई उपाधि दिलाउन आफ्नो उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी नेपाल प्रहरी क्लबबाट प्रतिनिधित्व गर्दै ढाकामा भएको भलिबल प्रतियोगितामा सहभागी भएकी हुन्।