शनिबार, असार २१, २०८२

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कर्णालीबाट २९ जना

  
कर्णाली टाइम्स सोमवार, पुस १९, २०७८


सुर्खेत। नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्। माओवादी केन्द्रको यही पुस ११–१८ सम्म काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्यमा कूल चयन गरेको हो।
जसमा सबभन्दा बढी जाजरकोटबाट छन्। जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक केन्द्रीय सदस्य चयन भएका छन्।
सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, पुष्पा घर्ती, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन्।
त्यस्तै, रूकुम पश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन, जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर, कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी सर्वसम्मत चयन भएका
छन्।
आठौं महाधिवेशनबाट कर्णालीको सबभन्दा कम डोल्पामा एक जना काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन्। मुगुबाट भने माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाईएको छैन।