कर्णाली टाइम्स
बिहीबार, पुस २२, २०७८
सुर्खेत। नेपाली काँग्रेस सुर्खेत जिल्ला कार्यसमितिका सहसचिव हरि विष्टले आफ्नो जन्मदिनको अवसरमा दुईवटा संस्थालाई रकम हस्तान्तरण गरेका छन्। बिहिवार आफ्नो जन्मदिनको अवसरमा उनले नेपाल पत्रकार महासंघ सुर्खेत र सुर्खेत उद्योग वाणिज्य संघलाई सहयोगस्वरुप रकम हस्तान्तरण गरेका हुन्।
सुर्खेत उद्योग वाणिज्य संघको आपतकालीन राहत कोषमा विष्टले ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्। यस्तै पत्रकार महासंघ सुर्खेत शाखालाई पनि ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरिएको विष्टले बताए।
व्यक्तिगत रुपमा खर्चिलो तरिकाले जन्मदिन मनाउनु भन्दा संस्थालाई गरिएको सहयोग सबैका लागि काम लाग्ने भएकाले आफूले रकम दिने सोच बनाएको उनले बताए।