शनिबार, असार २१, २०८२

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन २८ गतेदेखि

  
कर्णाली टाइम्स शुक्रबार, पुस २३, २०७८


सुर्खेत। कर्णाली प्रदेश सभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ। प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णय अनुसार बिहिवार प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्।
प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि गत मंसिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश सभाको विशेष अधिवेशन बोलाईएको थियो।