शनिबार, असार १४, २०८२

माघ १५ सम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस

सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने

  
कर्णाली टाइम्स आइतवार, पुस २५, २०७८


सुर्खेत। कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म विद्यालयमा हिउँदे विदा दिन सिफारिस गरिएको छ।
आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे विदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
‘धेरै विद्यालयमा अहिले हिउँदे विदा छ। त्यो हिउँदे विदा माघ १५ सम्म पुर्‍याउनु भन्ने सिफारिस गरेका छौं,’ नेपालले भनिन्,‘कलेजहरूमा परीक्षालगायत कार्यक्रम सञ्चालन भइरहेको भए मापदण्ड पालना गर्न भनेका छौं।’
आजको बैठक प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ पनि सहभागी थिए।
आजको बैठकले सिनेमा हल, पार्कलगायत सार्वजनिक स्थानमा जाँदा अनिवार्य रूपमा खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था लागू गर्न पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ। सेतोपाटी