शनिबार, असार १४, २०८२

सुनमायालाई कर्णाली प्रदेश सरकारद्वारा स्वागत

  
कर्णाली टाइम्स सोमवार, पुस २६, २०७८


सुर्खेत। थाईल्याण्डमा भएको अल्ट्राटे«लरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी जुम्लाकी सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले स्वागत गरेको छ। सोमबार सुर्खेत आएकी सुनमायालाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश खेलकुद परिषदका पदाधिकारीले स्वागत गरेका हुन्।
प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने उनलाई आफ्नो कार्यालयमा भेटेर स्वागतसहित बधाई ज्ञापन गरे भने खेलकुद परिषदका पदाधिकारीहरु विमानस्थलमै उनलाई स्वागत गर्न पुगेका थिए।
जुम्लाको पातारासी गाउँपालिकाकी सुनमाया थाईल्याण्डको राजधानी बैंककमा भएको एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी थिईन्। उनी प्रतियोगिताको समग्रमा भने २ हजार प्रतियोगीलाई पछि पार्दै तृतीय भएकी थिईन्।
स्वागतका क्रममा मुख्यमन्त्री शाहीले सुनमायाले खेल क्षेत्रमा गरेको प्रगतिलाई कर्णाली प्रदेश सरकारले कदर गर्ने बताए। मुख्यमन्त्री शाहीले कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले प्रोत्साहनवापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको बताए।
कर्णाली प्रदेश खेलकुद परिषदले सुनमायालाई प्रोत्साहनस्वरुप दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेको छ। यस्तै बंगलादेशको राजधानी ढाकामा भएको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी जाजरकोटकी कामना विष्टलाई पनि ५० हजार रुपैयाँ पुरस्कार दिने परिषदले घोषणा गरेको छ।