सुर्खेत। भारत तथा तेस्रो मुलुकबाट कर्णाली प्रदेश भित्रिने मानिसहरुको अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ। कर्णाली प्रदेश विपद् व्यवस्थापन समितिको बिहिवार बसेको वैठकले बाह्य मुलुकबाट कर्णालीमा आउने नागरिकको अनिवार्य एन्टिजेन परीक्षण गर्ने निर्णय गरेको हो।
वैठकले ाहिरबाट आउने कर्णालीका नागरिकलाई राख्न छिन्चुमा कोल्डिङ सेन्टर स्थापना गर्ने निर्णय पनि गरेको छ। सवारी साधन चल्ने जिल्लाका मानिसलाई सम्बन्धित जिल्लामा पु¥याउने र सडक पूर्वाधार नभएको जिल्लाका मानिसलाई होल्डिङ सेन्टरमा राखिने छ।
कोभिडका बिरामीहरुलाई तत्काल उपचारका लागि अस्पताल पु¥याउन कर्णाली प्रदेशका हरेक जिल्लाहरुमा कोभिड विशेष एम्बुलेन्स राख्ने निर्णय पनि विपद् व्यवस्थापन समितिको वैठकले गरेको छ। यसका लागि तत्कालै एम्बुलेन्सहरु खरिद् प्रक्रिया अगाडि बढाईने छ।
सबै तहका स्वास्थ्य संस्थारुलाई कोभिड प्रतिकार्यका लागि उच्च सतर्कताका साथ क्रियाशिल रहन र प्रचारप्रसारलाई तिव्रता दिन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले निर्देशन दिएका छन्।
जोखिम भत्ताको रुपमा कोभिड नियन्त्रण कार्यमा खटिनेहरुलाई मात्र दिईने निर्णय प्रदेश सरकारले गरेको छ।
कर्णाली टाइम्स
शुक्रबार, पुस ३०, २०७८