सोमवार, असार १६, २०८२

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

  
कर्णाली टाइम्स सोमवार, फागुन २, २०७८


सुर्खेत। बहुविवाह मुद्दामा सजायको फैसला भई फरार भएका दुईजना प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको टोलीले एक युवक र युवतिलाई पक्राउ गरेको हो।
सोमबार बिहान १० बजे वीरेन्द्रनगर–१२ सहकारी चोक नजिकबाट वीरेन्द्रनगर–५ चिसापानीका ३७ बर्षीय भीमबहादुर सुनार र सोही ठाउँकी ३३ बर्षीया जानकी सुनार पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुलाई बहुविवाह मुद्दामा प्रतिव्यक्ति ११ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
सोही क्रममा भवितव्य ज्यान मुद्दामा ५ सय रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पनि पक्राउ परेका छन्। भवितव्य मुद्दामा पक्राउ पर्नेमा ३८ बर्षीय खगेन्द्रबहादुर राजी रहेका छन्।
पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत सुर्खेतमा बुझाईएको प्रहरीले जनाएको छ।