सुर्खेत। पहुँचयुक्तता परीक्षणसम्बन्धी दुईदिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपांगता महासंघ नेपाल कर्णाली प्रदेश र सिबीएमको सहयोगम सोमबारदेखि सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो।
सार्वजनिक भवन संरचना, यातायात संरचना, सञ्चार संरचनाहरु तथा खुल्ला स्थलहरु अपांगता भएका ब्यक्ति, बालबालिका तथा जेष्ठ नागरिकमैत्री बन्न नसकेको विषयलाई मध्यनजर गर्दै ती संरचनाहरु सबैका लागि पहुँचयुक्त बनाउनुपूर्व प्रयोगकर्ता तथा प्राविधिक ब्यक्तिहरुको संयुक्त सहभागितामा प्राविधिक लेखाजोखा गरि सुधारका उपायहरु पहिचान गर्ने उद्देश्यका साथ तालिम आयोजना गरिएको हो।
तालिमका सहजकर्ता तथा परामर्शदाता आर्किटेक्ट मिलन बगालेका अनुसार तालिमपश्चात परियोजना लागु भएका कर्णालीका वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, सिम्ता, गुराँस गाँउपालिकाहरुमा बनेका सरकारी तथा सार्वजनिक संरचनाहरुको पहुँचयुक्तता परीक्षण गरिनेछ।
तालिमका क्रममा पनि सुर्खेतमा रहेको नगर अस्पतालको पहुँचयुक्तता परीक्षण गरिएको छ। तामिलमका सहभागीहरुले परीक्षण गरी आवश्यक सुझाव अस्पताललाई दिएका छन्।
संरचनाहरु पहुँचयुक्त बनाउन आवश्यक प्राविधिक सहयोग समेत पुर्याउने परियोजनाको लक्ष्य रहेको परियोजना जनवकालत संयोजक जीतलाल ढकालले बताए।
तालिममा अपाङ्गता भएका व्यक्तिको संस्था ९डीपीओ०, प्रदेश तथा स्थानीय तहमा कार्यरत प्राविधिक ९सिभिल, आर्किटेक्ट र आइटी विज्ञ० र पत्रकारसहित ३५ जना सहभागी थिए।
तालिममा पहुँचयुक्तता सम्बन्धी विद्यमान नीतिगत व्यवस्था, निर्देशिका र मापदण्डहरु, पहुँचयुक्तता परीक्षण विधि र त्यसका लागि आवश्यक रुजु सूचिबारे छलफल पनि गरिएको छ।
राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष रमा ढकाल पनि तालिमको सहजीकरण गरेकी थिईन्।
कर्णाली टाइम्स
बुधबार, फागुन ४, २०७८