आइतवार, असार १५, २०८२

सञ्चारमन्त्री कार्कीद्वारा संसदमा एमसिसी टेबल

  
कर्णाली टाइम्स आइतवार, फागुन ८, २०७८


सुर्खेत। मेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पाेरेशन एमसीसी टेबल गरिएको छ। आइतबारको संसद वैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि एमसीसी टेबल गरेका हुन्। अर्थमन्त्री जनार्दन शर्माले टेबल गर्ने कार्यसूची भएपनि उनी बिरामी परेकाले सञ्चारमन्त्री कार्कीले यसलाई संसदमा टेबल गरेका हुन्।
एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ढाई बर्षपछि प्रतिनिधि सभामा टेबल गरिएको हो।
२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए। त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण एमसीसी अुनमोदन प्रक्रिया अघि बढ्न सकेको थिएन।
एमसीसी टेबल गर्नेक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने आन्दोलन जारी राखेको छ। एमालेका सांसदहरु भीम रावल लगायतले एमसीसी टेबल गर्ने विषयमा आपत्ति जनाएका थिए।
आइतबार बिहान सत्तारुढ चार दलका शीर्ष चार नेताहरुबीच भएको छलफलमा एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न दिने सहमति भएको थियो ।
त्यपछि माओवादीका तीनजना सांसदले यसको विरुद्धमा लिखित असहमति जनाएका थिए। सांसदहरु देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले असहमति जनाएका हुन्।

एमसीसी टेबल गर्न बोलाईएको आजको प्रतिनिधि सभा वैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ।