आइतवार, असार १५, २०८२

जिल्लाका विद्युत आयोजनाको अवस्थाबारे जानकारी गराउन उर्जामन्त्री सिंहको निर्देशन

  
कर्णाली टाइम्स सोमवार, फागुन ९, २०७८


सुर्खेत। कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले प्रदेशभित्रका जिल्लाहरुमा रहेको साना जलविद्युत आयोजनाको बारेमा जानकारी मागेका छन्। आयोजनाहरुको हालको अवस्थाबारे जानकारी गराउन मन्त्रालय मातहतका सम्बन्धित कार्यालयका प्रमुखहरुले उनले निर्देशन दिएका छन्।
सोमबार उर्जासँग सम्बन्धित मन्त्रालय मातहतको कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरी जिल्लामा रहेका साना जलविद्युत आयोजनाहरुको अवस्थाको बारेमा जानकारी पठाउन आग्रह गरिएको हो।
कर्णालीको विद्युतका बारेमा यथार्थ चित्रण गर्नका लागि यो जानकारी माग गरिएको हो। जिल्लाहरुमा कति विद्युत आयोजना अलपत्र छन्, कति निर्माणको क्रममा छन् र कति सञ्चालनमा छन् भन्ने विषयमा जानकारी पठाउन कार्यालयहरुलाई भनिएको मन्त्री सिंहका स्वकीय सचिव हेमन्त केसीले बताए।
कार्यालयहरुले एक साताभित्र उक्त जानकारी पठाईसक्नुपर्नेछ। त्यसपछि आयोजनाका समस्या समाधानका लागि मन्त्रालयबाट पहल गरिनेछ।
छलफलका क्रममा डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाको बारेमा पनि जानकारी लिईएको केसीले बताए। आयोजनाका निमित्त प्रमुख सञ्जय सापकोटाले जगदुल्ला विद्युत आयोजनाको हालसम्मको प्रगतिबारे मन्त्री सिंहलाई जानकारी गराएका छन्।