सुर्खेत। मोटरसाईकल दुर्घटनामा घाईते भएक सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडा अध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ। उपचारका क्रममा शुक्रबार राति काठमाडौंस्थित न्यूरो अस्पतालमा अध्यक्ष कार्कीको मृत्यु भएको हो।
फागुन ८ गते सुर्खेतको छिन्चु बजार नजिक फोर्स गाडीले उनी सवार मोटरसाईकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाईकलको पछाडि बसेका कार्की गम्भीर घाईते भएका थिए।
नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक र उनी घाईते भएका थिए।
दुर्घटनामा घाईते भएका वडा अध्यक्ष कार्कीलाई कर्णाली प्रदेश अस्पतालमा सुरुमा भर्ना गरिउको थियो। यहाँ उनको टाउकोको शल्यक्रिया समेत गरिएको थियो। थप उपचारका लागि १२ गते हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।
मोटरसाईकल चालक २० बर्षीय भूपेन्द्र शाहीको अवस्था भने सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। उनको पनि ग्वार्कोस्थित बिएनपी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।
मृतक कार्की २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित भएका थिए।
कर्णाली टाइम्स
शनिबार, फागुन १४, २०७८