बिहीबार, पुस १०, २०८२

दैलेखमा निसास्सिएर दुई जनाको मृत्यु

  
कर्णाली टाइम्स शुक्रबार, फागुन २०, २०७८


सुर्खेत। दैलेखमा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका ४० बर्षीया हरिकला बादी र उनका छोरा १८ बर्षीय रमेश वादी घरभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहका अनुसार बिहिवार राति भान्सा कोठामा सुतिरहेका उनीहरु शुक्रबार बिहान मृत फेला परेका हुन्।
उनका अनुसार उनीहरुको शरीरको केही भाग जलेको पनि छ।
खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब डेढ फिट नजिक सुतेका उनीहरुले ओछ्याएको गुन्द्री र शिरक चुलोतिर पुगेर आगो सल्केको भेटिएको उनले जानकारी दिए।
हरिकलाको शरीरको पछाडिको भाग र र्षीय रमेशको हात जलेको उनले बताए। उनीहरुको धुवाँ धेरै भएपछि निसास्सिएर मृत्यु भएको अनुमान प्रहरीले गरेको छ।