
सुर्खेत। नेपाल निजामति कर्मचारी युनियनको केन्द्रीय अध्यक्षमा कर्णाली प्रदेशबाट सुशिल केसीले उम्मेदवारी दिएका छन्। आईतबार बसेको युनियनको कर्णाली प्रदेश कमिटीको वैठकबाट उनलाई केन्द्रीय अध्यक्षमा उम्मेदवार सिफारिस गरेको थियो।
कर्णाली प्रदेशका १० वटै जिल्लाका अध्यक्षहरुको सहमतिमा केसीलाई निजामति कर्मचारी युनियनको अध्यक्षको उम्मेदवार सिफारिस गरेको हो।
युनियनको आठौं अधिवेशनअन्तर्गत आइतबाार उम्मेदवारी दर्ता एवम दावी–विरोध गर्ने समय तोकिएको थियो।
हिजोदेखि सुरु भएको युनियनको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।
कर्णालीबाट अध्यक्षका उम्मेदवार केसी लेखा अधिकृत हुन् । हाल उनी सुर्खेत स्थित जलस्रोत तथा उर्जा विकास निर्देशनालयमा कार्यरत छन्।
आठौं राष्ट्रिय अधिवेशनमा युनियनको नयाँ कार्यसमितिमा नेतृत्व गर्न केसीससँगै गोपाल पोखरेल र सुरेन्द्रप्रसाद अधिकारी पनि अध्यक्षका उम्मेदवार छन्।
कर्णाली टाइम्स
सोमवार, फागुन २३, २०७८
