
सुर्खेत। फर्जी मत भेटिएपछि सम्पन्न हुन नपाएको एमालेको दैलेख जिल्ला अधिवेशन पुनः गरिने भएको छ। चैत पहिलो साताभित्र पुनः अधिवेशन गर्नेगरी जिल्ला कमिटीभित्र सहमति भएको छ।
यसअघिको अधिवेशनअन्तर्गत पुस २३ गते जिल्लाको कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो। उक्त निर्वाचनमा मतदाताभन्दा धेरै मत पाईएपछि विवाद भएको थियो।
मंगलबार बसेको जिल्ला कमिटीको १८ औं वैठकले पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज गर्दै अर्को अधिवेशनका लागि समय तोक्ने निर्णय गरेको प्रदेश एमाले कमिटी सदस्य सुशिल थापाले बताए।
यसअघिको अधिवेशनमा दैलेखको अध्यक्ष पदका लागि रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही उम्मेदवार थिए।
निर्वाचनमा ७२१ मतदातामध्ये ७१७ जना मतदानमा सहभागी भएका थिए। तर मतपेटिकामा भने ७४८ मत भेटिएका थिए।
यसअघिको अधिवेशनमा उपाध्यक्षसहित जिल्लाका पाँच वटा पालिकाका भूगोलतर्फका सदस्यहरु, दलित र महिलातर्फका सदस्यहरु निर्विरोध चयन भएका थिए।
कर्णाली टाइम्स
मंगलबार, फागुन २४, २०७८
