
सुर्खेत। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार पुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै असली चाँदी १२०९ रुपैयाँमा कारोबार भइरहेको थियो।
अहिले रुस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ। यी तिनै वस्तुको भाउ एकअर्काको भाउमा निर्भर हुन्छ।
कर्णाली टाइम्स
बुधबार, फागुन २५, २०७८
