कर्णाली टाइम्स
शनिबार, फागुन २८, २०७८

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुने पनि भूमिका नरहने बताएका छन्। सुर्खेतमा हुने पार्टीको आमसभालाई सम्बोधन गर्न सुर्खेत आएका लिङ्देनले शनिबार विमानस्थलमा पत्रकाहरुसँग कुरा गर्दै एमसीसी पारित गर्ने विषयमा पनि आफ्नो पार्टीको भूमिका नभएको र अब कार्यान्वयनमा पनि नरहने बताए।
उनले एमसीसीमा केही दलहरुले गरेको व्याख्यात्मक टिप्पणी पनि लाज छोप्ने टालो मात्र भएको टिप्पणी गरे।
उनले अबको स्थानीय निर्वाचनमा राप्रपाले आफ्नो शक्ति प्रदर्शन गर्ने दावी गरे। राप्रपाले जितेका स्थानीय तहहरुमा फरक मोडालिटी तयार गरी भ्रष्ट्राचाररहित स्थानीय तह बनाउनतर्फ लाग्ने बताए।
उनले कमल थापाले पार्टी परित्याग गर्नु राप्रपालाई क्षति नभई पार्टीलाई अझ सशक्त बनाउन प्रेरणा मिलेको बताए।
