शुक्रबार, पुस ११, २०८२

कर्णालीका कानुनमन्त्रीको सम्पत्ति तीन तोला सुन, ४५ वर्गमिटर जग्गा र बाख्रा

  
कर्णाली टाइम्स मंगलबार, चैत्र १, २०७८


सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। मंगलबार उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरेको विवरणमा मन्त्री शाहीले आफ्नो नाममा तीन तोला सुन, ३५ बर्गमिटर जग्गा, एक हल गोरु र १२ वटा बाख्रा भएको उल्लेख गरेका छन्।
उनले विवरणमा उल्लेख गरेको अचल सम्पत्तिका रुपमा रहेको जग्गा दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४ मा मा रहेको छ। उक्त जग्ग पुख्र्यौली भएको मन्त्री शाहीले जनाएका छन्।
उनीसँग भएको तीन तोला सुन २०५२ र २०७० सालमा जोडेको जनाएका छन्।
यस्तै गोरु र बाख्रा कृषि व्यवसायबाट जोडिएको उल्लेख गरेका छन्।
उनले आफ्नो निजी व्यवसायबाट प्राप्त भएको दैनिक प्रयोग गर्ने कपडा पनि सम्पत्ति विवरणमा समावेश गरेका छन्।