कर्णाली टाइम्स
बुधबार, चैत्र २, २०७८

सुर्खेत। सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीन जना बालवालिकामध्ये एकजनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधवार दिउँसो एकजना बालकको शव भेरी पुल नजिकै भेटिएको हो।
मृत भेटिएका बालक लेकवेशी नगरपालिका–२ का ८ बर्षीय दिनेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जनाकारी दिए।
फागुन २८ गते (शनिबार) सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित नजिक भेरी नदीमा नुहाउने क्रममा दिनेशसहित भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली पनि वेपत्ता भएका थिए।
खड्का र सिंजाली अझसम्म पनि नभेटिएको प्रहरीले जनाएको छ।
