
सुर्खेत। नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन्। बुधवार भएको निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।
शर्माले ४१४ मत ल्याएर निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार सूर्यबहादुर शाहीले २६३ मत ल्याएका छन्।
उपाध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित भएका छन्। उनले ४५९ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी टोपबहादुर विसीले १९६ मत ल्याएका छन्।
सचिवमा तिलक रिजाल ३६५ मत ल्याएर निर्वाचित भएका छन्। उपसचिवमा २६४ मत ल्याएर कलावति न्यौपानी निर्वाचित भएकी छन्।
यसअघि विवादित बनेर स्थगित भएको एमाले दैलेखको अधिवेशन यसपटक फेरि भएको हो।
यसअघि पुस २३ गते भएको अधिवेशनमा कार्य समिति चयनका लागि भएको निर्वाचनका क्रममा फर्जी मत भेटिएपछि विवाद बढेको थियो।
गत पुस २४ गते बसेको एमालेको दैलेख जिल्ला कमिटीको १८ औं बैठकले पुस २३ गते भएका सबै प्रक्रिया खारेज गर्दै चैत १ र २ गते पुनः अधिवेशन गर्ने निर्णय गरेको थियो।
यो पटकको निर्वाचनमा ७२३ जना मतदातामध्ये ६८४ जना मतदाता निर्वाचन प्रक्रियामा सहभागी भएका छन्।
यसअघि विवादित बनेर खारेज भएको निर्वाचन प्रक्रियामा निर्वाचनमा ७२३ मतदातामध्ये ७१७ जना मतदानमा सहभागी भएका थिए। तर मतपेटिकामा भने ७४८ मत भेटिएका थिए।
कर्णाली टाइम्स
बिहीबार, चैत्र ३, २०७८
