बिहीबार, पुस १०, २०८२

प्रेस युनियनका केन्द्रीय सदस्य शर्मा सम्मानित

  
कर्णाली टाइम्स शुक्रबार, चैत्र ४, २०७८


सुर्खेत। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सुशीलराज शर्मा सम्मानि भएका छन्। नेपाल प्रेस युनियन सुर्खेत शाखाले शुक्रबार शर्मालाई सम्मान गरेको हो।
नेपाल प्रेस युनियनका केन्द्रीय समितिले गत फागुनमा शर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।
शुक्रबारको सम्मान कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य शर्माले लोकतन्त्र पक्षधर श्रमजिवी पत्रकारहरुलाई एकढिक्का भएर अघि बढ्नुपर्ने बताए। ‘लोकतन्त्रलाई बलियो बनाउन लोकतन्त्र पक्षधर पत्रकाहरु एकढिक्का हुनु जरुरी छ, पेशागत संरक्षणका लागि पनि एक हुन जरुरी छ।’ शर्माले भने।
सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सुर्खेतका सचिव बालदीप कँडेलले प्रेस युनियन र नेपाली काँग्रेसको सम्बन्ध बलियो बनाएर अघि बढ्नुपर्ने बताए।
यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष र प्रेस युनियन सुर्खेतका अध्यक्ष ईश्वरकुमार खड्काले पनि बधाई ज्ञापन गर्दै अफ्ना भनाई राखेका थिए।
काँक्रेबिहार दैनिकका सम्पादक समेत रहेका शर्मा विगत दुई दशकदेखि सुर्खेतको पत्रकारितामा सक्रीय छन्।