बिहीबार, पुस १०, २०८२

टिपरको ठक्करबाट युवतिको मृत्युपछि आफन्त आन्दोलित, छिन्चु बजार र राजमार्ग बन्द

  
कर्णाली टाइम्स सोमवार, चैत्र ७, २०७८


सुर्खेत। टिपरको ठक्करबाट सुर्खेतको लेकवेशी नगरपालिका–८ की एक युवतिको मृत्यु भएपछि आफन्तले आन्दोलन सुरु गरेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मा रहेको छिन्चु बजार र सुर्खेत–नेपालगञ्ज राजमार्ग बन्द गरिएको छ।
चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो। वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७ प १७९९ नम्बरको मोटरसाईकलाई टिपरले ठक्कर दिएको हो।
पछाडिबाट गएको भे १ ख ३१०२ नम्बरको टिप्परले मोटरसाईकललाई ठक्कर दिएको छ।
दुर्घटनामा घाईते भएकी पुलामीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो।
मृतकका आफन्तले पीडित परिवारलाई क्षतिपुर्तिसहित दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेका छन्।
टिपर र चालक राजु थापा मगरलाई लाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ। पुलामी सवार मोटरसाईकलका चालक लेकवेशी–८ का २० वर्षीय मिलन विकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।