शुक्रबार, पुस ४, २०८२

‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानका लागि कर्णाली प्रदेश सभापतिको टोली डोल्पामा

  
कर्णाली टाइम्स मंगलबार, चैत्र ८, २०७८


सुर्खेत। नेपाली काँग्रेसको ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान कर्णाली प्रदेशमा पनि सुरु भएको छ। अभियानअन्तर्गत नेपाली काँँग्रेस कर्णाली प्रदेशका सभापतिसहितको एक टोली डोल्पा पुगेको छ।
सोमबार काँग्रेस प्रदेश सभापति ललितजंग शाही, महामन्त्री निरञ्जन केसीसहित डोल्पा पुगेको टोलीले जिल्लाका काँग्रेस नेता तथा कार्यकर्ताहरुले भेटघाट गरी अभियानलाई प्रभाकारी बनाउन सुझाव दिएको छ।
भेटका क्रममा सभापति शाहीले लोकतन्त्र र संविधानको रक्षा गर्न आगामी चुनामा काँग्रेसले जित्नुपर्ने बताए। काँग्रेसको उद्देश्यअनुसार अभियानलाई अघि बढाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे।
उनले काँग्रेस बाहेकका दलहरुमा विकासको नारा लगाउने तर भ्रष्टाचारमा लिप्त हुने प्रवृत्ति कायमै रहेको बताए। कोभिड महामारीका बेला पनि कम्युनिष्ट नेतृत्वको सरकार जनताको स्वास्थ्य उपचारमा गम्भीर बन्न नसकेको टिप्पणी सभापति शाहीले गरे।
कर्णाली प्रदेश काँग्रेसको नेतृत्वमा सरकार बनेपछि योजना ब्यवस्थापन र सुशासनको मार्गमा अघि बढेको दावी उनले गरे।