सोमवार, पुस ७, २०८२

सहमतिपछि खुल्यो सुर्खेतको सार्वजनिक यातायात

  
कर्णाली टाइम्स बुधबार, चैत्र ९, २०७८


सुर्खेत। प्रशासन र यातायात व्यवसायीबीच सहमति भएपछि सुर्खेतको सार्वजनिक यातायात सेवा खुलेको छ। बुधवार बिहानदेखि यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन नचलाउने घोषणा गरेका थिए।
निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीले आफ्ना गाडी नचलाउने घोषणा गरेका थिए।
निजी गाडीले यात्रुहरु बोकेको कुरामा ट्राफिक प्रहरीले नियमन गर्ने सहमति भएपछि यातायात खुलेको हो।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार हाललाई ट्राफिक प्रहरीले यो कुरालाई अनुगमन गर्ने र आवश्यक परेको खण्डमा व्यवसायीले पनि आफ्ना प्रतिनिधि पठाउन सक्ने सहमति भएको छ।
अघोषित रुपमा गरिएको सार्वजनिक यातायात बन्द गरिएपछि यात्रु मर्कामा परेका थिए।
निजी गाडीहरुले मनपरी भाडा असुलेर यात्रु बोकेको र यसलाई प्रशासनले नियमन गर्ने प्रयास नगरेको भन्दै यातायात व्यवसायीहरुले सार्वजनिक सवारी नचलाउने घोषणा गरेका थिए।