बिहीबार, पुस १०, २०८२

प्रधानमन्त्री देउवा चैत १८ गते भारत जाने

  
कर्णाली टाइम्स बिहीबार, चैत्र १०, २०७८


सुर्खेत। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्। चैत १८ गते देउवा भारत जाने तालिका बनेको छ।
प्रधानमन्त्री दुई वा तीन दिने भ्रमणका लागि भारत जाने तयारी छ। यसअघि देउवाको भारत भ्रमण रद्द गरिएको थियो। भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भने पनि कोरोनाका कारण उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण रद्द गरिएको थियो।
प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयले अहिलेसम्म जानकारी भने दिएको छैन।
प्रधानमन्त्री देउवाको भ्रमणअघि नवनियुक्त राजदूत शंकर शर्मा दिल्ली पुग्नेछन्। हालै राजदूत नियुक्त भएका शर्माले शुक्रबार राष्ट्रपतिबाट सपथ लिँदै छन्।