आइतवार, पुस ६, २०८२

उद्योग वाणिज्य संघ निर्वाचनमा खड्का नेतृत्वको समूहलाई मतदान गर्न राप्रपा सुर्खेतको अपिल

  
कर्णाली टाइम्स शनिबार, बैशाख ३, २०७९


सुर्खेत। वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा हर्षविक्रम खड्का नेतृत्वको प्यानललाई मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति सुर्खेतले अपिल गरेको छ ।
राप्रपा सुर्खेतका अध्यक्ष कविराम पुरीले शनिबार विज्ञप्ती जारी गर्दै खड्का नेतृत्वको बृहत लोकतान्त्रिक साझा व्यावसायिक प्यानललाई मतदान गर्न आह्वान गरिएको हो।
‘हर्षविक्रम खड्का नेतृत्वको बृहत लोकतान्त्रिक साझा व्यावसायिक प्यानललाई राष्ट्रिय प्रजातन्त्र पार्टी र यसको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठनले सहयोग, समर्थन र मतदान गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्योग वाणिज्य संघलाई सबै व्यवसायीहरुको साझा संस्था बनाउन, सबै आस्था र बिचार समूहका व्यवसायीहरुको सुर्खेत उद्योग वाणिज्य संघमा प्रतिनिधित्व गराउन खड्का नेतृत्वको प्यानललाई मतदान गरी विजयी गराउनुहुन सम्पूर्ण उद्योगी, व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं ।’