कर्णाली टाइम्स
आइतवार, बैशाख ११, २०७९

सुर्खेत। स्थानीय तह निर्वाचन २०७४ का लागि सत्तारुढ दलबीच कर्णालीका आठ जिल्लामा पालिकाको नेतृत्व भागबण्डा मिलेको छ। नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार हुम्ला, मुगु, कालीकोट, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान र दैलेखका पालिकाको भागबण्डा मिलेको हो।
यद्यपि कुन कुन पालिकामा कसको नेतृत्व भन्नेबारे खुलाईएको छैन।
सहमति हुन बाँकी सुर्खेत र रुकुम पश्चिमको विषयमा भने शिर्ष नेताहरुबीच नै छलफल भईरहेको जनाईएको छ।
आज बेलुकासम्म १० वटै जिल्लामा सहमति हुनेछ। कर्णाली प्रदेशमा पालिका भागबण्डा गर्ने विषयमा सत्तारुढ दलका नेताहरुबीच चार दिनदेखि छलफल भईरहेको छ।
