मंगलबार, पुस ८, २०८२

ईदका अवसरमा भोलि सार्वजनिक बिदा

  
कर्णाली टाइम्स सोमवार, बैशाख १९, २०७९


सुर्खेत। सरकारले भोलि मंगलबारका लागि सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका अनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए।
०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको हो।