मंगलबार, पुस ८, २०८२

अपाङ्गता भएका व्यक्तिमार्फत सञ्चालित संस्थाका सदस्यका लागि स्वास्थ्य पुनर्स्थापनाबारे अभिमुखिकरण

  
कर्णाली टाइम्स शुक्रबार, बैशाख २३, २०७९


सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित संस्थाका सदस्यहरुका लागि स्वास्थ्य पुनर्स्थापनासम्बन्धि अभिमुखिकरण सञ्चालन गरिएको छ। स्वास्थ्य पुनर्स्थापनाबारे जानकारी गराउने, पुनर्स्थापनाको अवस्था, समस्या, समाधानका उपाय लगायतका विषयमा अभिमुखीकरण गराउने उद्देश्यका साथ दुई दिने अभिमुखीकरण सञ्चालन गरिएको हो।
बिहिवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको अभिमुखिकरण शुक्रबार सम्पन्न भएको छ।
अपांगताको प्रकार र मर्यादित शब्दावली, स्वास्थ्य सम्बन्धि पुनर्स्थापनाका प्रकार, पुनर्स्थापनाबारे धारणाहरु, सरकारी तथा गैरसरकारी निकायबाट उपलब्ध पुनर्स्थापना सेवा, अपांगता भएको व्यक्तिको अधिकार सम्बन्धि ऐन, २०७४ र नियमावली २०७७ लगायतका बारेमा अभिमुखीकरणमा छलफल गरिएको छ।
यस्तै अपाङ्गता समावेशी राष्ट्रिय स्वास्थ्य सेवा निर्देशिका, २०७६, अत्यावश्यक सहायक सामग्री, सहायक सामग्रीको उपलब्धता तथा पहुँचको स्थिति, अधिकारको लागि वकालत, स्थानीय तहको योजना तथा बजेट तर्जुमा प्रक्रिया र चरणलगायतका विषयमा पनि छलफल गरिएको छ।
अभिमुखीकरणमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष विष्णुप्रसाद शर्मा, सचिव यज्ञप्रसाद देवकोटा, ह्याण्डीक्याप इन्टरनेशनलका सस्टेनएविलिटी अफिसर तथा फिजियोथेरापिस्ट विना पण्डित, महासंघ कर्णाली प्रदेशका कार्यक्रम अधिकृत आनन्द विष्ट र पुनर्स्थापना परियोजना अधिृकत पार्वती आले प्रशिक्षका रुपमा सहभागी भएका थिए।
राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशको आयोजना तथा ह्याण्डीक्याप इन्टरनेशनल र युएसएआईडीको साझेदारीमा सञ्चालन गरिएको अभिमुखीकरणमा अपाङ्गता भएका व्यक्तिहरुद्वारा सञ्चालित सुर्खेतसहित विभिन्न जिल्लाका ९ वटा संस्थाबाट १७ जना सदस्यहरु सहभागी भएका थिए। जसमध्ये १२ जना पुरुष र ५ जना महिला थिए।