कर्णाली टाइम्स
आइतवार, बैशाख २५, २०७९

सुर्खेत। नेपाली काँग्रेसको उपसभापति पूर्णबहादुर खड्का सुर्खेत आएका छन्। नेपाली काँग्रेस सुर्खेतले स्थानीय तहहरुमा आयोजना गर्ने चुनावी सभाहरुलाई सम्बोधन गर्न उपसभापति खड्का आइतबार सुर्खेत आएका हुन्।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत नेपाली काँग्रेस सुर्खेतले विभिन्न ठाउँमा चुनावी सभाहरु आयोजना गरेको छ।
आज लेकवेशी नगरपालिकाको कल्यान र भेरीगंगा नगरपालिकाको छिन्चुमा सभा आयोजना गरिएको छ। सोमबार बिहान वीरेन्द्रनगरमा चुनावी सभा आयोजना गरिएको छ।
मंगलबार सिम्ता गाउँपालिकाको गोजीबजार र गुर्भाकोट नगरपालिकाको मेहलकुनामा चुनावी सभा आयोजना गरिएको छ।
उपसभापति खड्काले आयोजित सबै सभाहरुलाई सम्बोधन गर्नेछन्। १४ औं महाधिवेशनबाट उपसभापति भएपश्चात खड्का पहिलोपटक गृह जिल्ला सुर्खेत आएका हुन्।
