आइतवार, पुस ६, २०८२

मतदानका दिन सार्वजनिक बिदा

  
कर्णाली टाइम्स सोमवार, बैशाख २६, २०७९


सुर्खेत। स्थानीय तहको निर्वाचनअन्तर्गत मतदानका दिन सरकारले सार्वजनिक बिदा दिएको छ। यही वैशाख ३० गते स्थानीय चुनाव हुँदैछ।
मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो।
सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको हो। वैशाख ३० गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ।
यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो।