कर्णाली टाइम्स
मंगलबार, बैशाख २७, २०७९

सुर्खेत। नेकपा एमालेले सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरेको छ। मंगलबार बृहत र्यालीसहित एमालेले चुनावी सभा गरेको हो।
नेता तथा कार्यकतासहितको र्यालीले वीरेन्द्रनगर बजार परिक्रमा गरी पिपलचौतारामा कोणसभा गरिएकाके थियो।
चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले यो स्थानीय चुनावलाई नेकपा एमालेले अवसरका रुपमा लिएको बताए। उनले सत्तामा भएका दलहरुले चुनाव सार्ने योजना बनाएको भएपनि जनताले त्यो योजना पूरा हुन नदिएको बताए।
चुनावी सभालाइ कंडेलसहित केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावत, नगर प्रमुखका उम्मेदवार मोहनमाया ढकाल, उपप्रमुखका उम्मेदवार निलकण्ठ खनाल, जिल्ला अध्यक्ष अमृत बिसी लगायतले सम्बोधन गरेका थिए।



