सोमवार, पुस ७, २०८२

वीरेन्द्रनगरमा मतगणना सुरु

  
कर्णाली टाइम्स शनिबार, बैशाख ३१, २०७९


सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मतगणना सुरु भएको छ। बिहान ११ बजेदेखि गणना गर्ने भनिएपनि झण्डै ४५ मिनेट ढिलोगरि गणना सुरु भएको हो।
वीरेन्द्रनगरका सबै मतदानस्थलबाट गएराति १२ बजेसम्म मतपेटिका संकलन गरिएको थियो।
शनिबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणना वीरेन्द्रनगरको सिटी हलमा भईरहेको छ।
नगरपालिकामा ६७ हजार ५६ मतदातामध्ये ४८ हजार ३०४ (७२.०४ प्रतिशत)ले मतदान गरेका छन्।
वीरेन्द्रनगरमा मेयर र उपमेयरका लागि १३/१३ जना उम्मेदवार छन् भने वडाअध्यक्षहरुमा १०१, खुल्ला सदस्यमा १६४, महिला सदस्यमा ८३, दलित सदस्यमा ७३ जना उम्मेदवार चुनावी मैदानमा छन्।