कर्णाली टाइम्स
बिहीबार, जेष्ठ २६, २०७९
सुर्खेत। कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राजदूतमा नियुक्त ढकाल सुर्खेतको गुर्भाकोट–९ मालारानीका हुन्। कर्णाली प्रदेशबाट राजदूत बन्नेमा ढकाल पहिलो हुन्।
विगतमा माध्यमिक तह शिक्षक रहेका उनी अधिवक्तासमेत हुन्। ढकालले भारतको उत्तर प्रदेशमा रहेको श्री सत्यशाही विश्वविद्यालयबाट शिक्षा शास्त्रमा विद्यावारिधी गरेका छन्। उनले अंग्रेजी र नेपाली विषयमा स्नातकोत्तर गरेका छन्।
हाल नेपाली काँग्रेस आवद्ध ढकाल यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सामाजिक सल्लाहकार नियुक्त भएका थिए।