शनिबार, असार १४, २०८२

जाजरकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाईते

  
कर्णाली टाइम्स शुक्रबार, जेष्ठ २७, २०७९


सुर्खेत। जाजरकोटमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटस्थित बेलपईना भन्ने ठाउँमा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप शुक्रबार बिहान दुर्घटनामा परेको हो।
जुनीचाँदे गाउँपालिका–५ मैपबाट लुहादह जाँदै गरेको उक्त जीप दुर्घटना हुँदा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, ३४ बर्षीय कालिका शाही र वडा नं. ५ की वर्षीया ४० बर्षीया पुतला गिरी को मृत्यु भएको हो।
दुई जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जीपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा बाँ ८ जना घाईते छन्। घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जीप चालक दैलेखको गुराँस गाउँपालिका–७ का टोपबहादुर थापा, जुनीचाँदे गाउँपालिका–६ का लालबहादुर बुढा, सरिता शाही, समिक्षा शाही, विपना शाही र लालबहादुर बुढा गम्भीर घाईते छन्। उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल ल्याईएको छ।
गाडीको ब्रेक फेल भएर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।