सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतमा नेकपा एमाले र माओवादी केन्द्र गठबन्धन प्यानल नै निर्वाचित भएको छ। एमालेका गंगाराम सुनार समन्वय प्रमुखमा निर्वाचित भएका छन्।
उनले एमालेका ९ र माओवादीको एक मतसहित १० मत प्राप्त गरेका छन्।
उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।
समन्वय समितिको महिला सदस्यमा चन्द्रा धामी, शान्ति ताराम र मीना मल्ल निर्वाचित भएका छन्। खुला सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा निर्वाचित भएका छन् भने अल्पसंख्यक सदस्यमा सावित्रा टमटा निर्वाचित भएका छन्।
काँग्रेससँगको गठबन्धनका कारण माओवादीले एक पालिका प्रमुख जितेको थियो। माओवादीले जितेको चौकुने गाउँपालिकाको कार्यपालिका निर्वाचनमा पनि एमालेसँग गठबन्धन भएको थियो।
समन्वय प्रमुख बनेका सुनार स्थानीय तह निर्वाचन २०७९ मा काँग्रेसका उम्मेवारसँग वडाध्यक्षमा पराजित भएका थिए। उनलाई दलित तथा अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य मनोनित गरिएको थियो।
उनी २०७४ को निर्वाचनमा वीरेन्द्रनगर–१ को अध्यक्ष निर्वाचित भएका थिए। यसपटक सोही पदमा दोहोरिन खोजेपनि उनी पराजित भए।
कर्णाली टाइम्स
शुक्रबार, जेष्ठ २७, २०७९