बिहीबार, पुस १०, २०८२

राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्नेलाई तोकियो सात बर्ष कैद सजाय

  
कर्णाली टाइम्स शुक्रबार, असार २४, २०७९


सुर्खेत। सुर्खेत जिल्ला अदालतले राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना युवकलाई कैद र जरिवाना तोकिएको छ।
बिहिवार जिल्ला न्यायाधिश डा. राजेन्द्रप्रसाद आचार्यको ईजलासले राउटे युवतिमाथि यौन दुव्र्यवहार गर्ने दुई जनालाई सात/सात बर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको छ।
यौन दुव्र्यवहार भएको होटलका सञ्चालकलाई ३ बर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका छ।
अदालतले युवतीमाथि यौन दुर्व्यवहार गर्ने चौमन घर्ती मगर र भूपेन्द्र बुढा मगरलाई सात/सात बर्ष कैद र जनही २ लाख रुपैयाँ जरिवाना तोकेको हो।
यस्तै होटल सञ्चालक मनबहादुर पुनलाई ३ बर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकिएको छ।
जेल सजाय र जरिवाना तोकिएका तीनैजनालाई २०७८ असार १६ गते पूर्पक्षका लागि जेल चलान गरिएको थियो। उनीहरु गुर्भाकोट नगरपालिका–९ बोटेचौरका हुन्।
उनीहरुलाई २०७८ जेठ २३ गते बिहान प्रहरीले पक्राउ गरेको थियो। मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन दुव्र्यवहार भएको थियो।
दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौनहिंसा गरेको भिडिओ सार्वजनिक भएको थियो।
यो घटना हुँदा राउटे समुदाय गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदीको किनारामा बसिरहेका थिए।