कर्णाली टाइम्स
सोमवार, असार २७, २०७९

सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक बर्ष ०७९/८० को बजेट पारित भएको छ। सोमबार बसेको प्रदेश सभाको वैठकबाट उक्त बजेट बहुमतले पारित गरेको हो।
कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो।
प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले प्रस्तुत गरेको बजेट पारित गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीले सदनमा प्रस्ताव पेश गरेका थिए।
अर्थमन्त्री विष्ट बिरामी भएर मेडासिटी अस्पतालमा उपचारारत भएकाले मुख्यमन्त्रीले पारित गर्न प्रस्ताव गरेका हुन्।
