शनिबार, पुस ५, २०८२

विधेयक पारित गराउन भन्दै कर्णाली प्रदेश सभा बाहिर प्रदर्शन

  
कर्णाली टाइम्स शुक्रबार, असार ३१, २०७९


सुर्खेत। दर्ता भएका तीनवटा विधेयक दर्ता गराउन भन्दै कर्णाली प्रदेश सभा सचिवालय अगाडि दबावस्वरुप प्रदर्शन गरिएको छ। विधेयक सरोकार मञ्चको आयोजनामा शुक्रबार प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गरिएको हो।
सचिवालयमा दर्ता भई अरु प्रक्रियामा गईसकेका सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र नवप्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक अविलम्ब पारित गराउन भन्दै दबाव दिईएको हो।
सिंजा सभ्यता संरक्षण विधेयक र नवप्रवर्तन अन्वेषण तथा आविष्कार विधेयक कणर्ाली प्रदेश सभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रूपमा गएको बर्ष दर्ता गराएका थिए। प्रविधि विश्वविद्यालय विधेयक पनि उनकै अगुवाईमा दर्ता भएको थियो।
लामो समयसम्म पनि यी विधेयकमध्ये केही अल्झिएको र केही फिर्ता हुने संकेत देखिएपछि सांसद भण्डारीको अगुवाईमा दबाबस्वरुप प्रदर्शन गरिएको हो ।
प्रदर्शन हुने संकेत देखिएपछि सुरक्षा निकायले प्रदेश सभा सचिवालय बाहिरको निश्चित क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेका थिए। प्रदर्शनमा सहभागी र सुरक्षाकर्मीबीच धकेलाधकेल पनि भएको छ।
यही दबाबस्वरुप प्रदर्शन जुम्लाको सिंजामा पनि भएको छ।