कर्णाली टाइम्स
बुधबार, साउन ११, २०७९
सुर्खेत। माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले केहीबेर अघि एसईईको नतिजा प्रकाशित गरेको छ।
परीक्षा नियन्त्रकको कार्यालयका अनुसार बोर्डको बैठकले आज एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।
गत वैशाखमा भएको एसईई परीक्षामा पाँच लाख १४ हजार सात सय ६० जना विद्यार्थी सहभागी थिए।