मंगलबार, असार १७, २०८२

मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन घोषणा हुँदै

  
कर्णाली टाइम्स मंगलबार, साउन १७, २०७९


सुर्खेत। सरकारले संघीय र प्रदेश सभा निर्वाचन मंसिर ४ मा गर्ने तयारी गरेको छ। अब बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्नेछ। निर्वाचन आयोगले मंसिर २ मा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो।
चुनावको मिति घोषणा गर्नु अघि नै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा ल्याउने तयारी पनि सरकारले गरेको छ। महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सत्ता गठबन्धनमा आउने चाहना गरेको छ। लोसपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको थियो।
चुनावको मिति घोषणापछि मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने सर्वोच्च अदालतको नजिरका कारण चुनाव मिति घोषणाअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी गरिएको हो।