मंगलबार, असार १७, २०८२

पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्दै कर्णालीका व्यवसायीले गराए जनक शिक्षालाई ध्यानाकर्षण

  
कर्णाली टाइम्स बिहीबार, साउन १९, २०७९


सुर्खेत। तोकिएको समयभित्र पाठ्यपुस्तक नपाएको भन्दै कर्णाली प्रदेशका पुस्तक तथा स्टेशनरी व्यावसायीहरुले जनक शिक्षा सामग्री केन्द्रको ध्यानाकर्षण गराएका छन्। बिहिवार नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ कर्णाली प्रदेश समितिले जनक शिक्षा सामग्रीको कर्णाली प्रदेश कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
प्रदेशका १० जिल्लामा कक्षा ४ देखि १० सम्मका सबै पाठ्यपुस्तक र ११, १२ कक्षाका नेपाली, सामाजिक, अंग्रेजी विषय उपलब्ध गराउने जिम्मा प्रदेश कार्यालयका भएपनि कार्यालय जिम्मेवार नबनेको भन्दै व्यवसायीहरुले ध्यानाकर्षण गराएका हुन्।
शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि जनक शिक्षा सामग्रीले कर्णालीमा ३५ प्रतिशत पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको महासंघले जनाएको छ।
जनक शिक्षा सामग्रीको कर्णाली प्रदेश कार्यालयले पूर्वाग्रही रुपमा पाठ्यपुस्तक वितरण गरेको आरोप पनि महासंघले लगाएको छ।
भौगोलिक अवस्थाका कारण बर्खाको समयमा दुर्गम जिल्लाहरुमा पाठ्यपुस्तक पढाउन समस्या हुने भएकाले यसमा सहजीकरण गरिदिन पनि जनक शिक्षा सामग्रीलाई व्यवसायीहरुले माग राखेका छन्।
आफ्ना मागहरु एक साताभित्र पूरा गर्न पनि ध्यानाकर्षण मार्फत् आग्रह गरिएको छ।