शनिबार, फागुन १०, २०८१

कोभिड प्रतिकार्यका लागि आवश्यक तयारी थाल्न कर्णाली प्रदेश सरकारको निर्देशन

  
कर्णाली टाइम्स शुक्रबार, साउन २७, २०७९


सुर्खेत। कोभिड–१९ को संक्रमण दर बढ्दै गएपछि कर्णाली प्रदेश सरकारले आवश्यक तयारी गर्न निर्देशन दिएको छ। मुख्यमन्त्रीको संयोजकत्वमा गठित प्रदेशस्तरीय निर्देशक समितिले बिहिवार आवशयक तयारी गर्न निर्देशन दिएको हो।
बिहिबार बसेको बैठकले चाडपर्व लक्षित भिडभाडलाई कम गर्न र जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउनका लागि सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहमार्फत निरन्तर अनुगमन गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।
गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई अस्पतालमा प्रेषण गरी उपचार गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले कोभिड विशेष अस्पालका रुपमाम रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पताल, जिल्ला अस्पताल, आधारभूत अस्पताल लगायतका स्वास्थ्य संस्थालाई बिरामीको उपचारका लागि अत्यावश्क जनशक्ति, उपकरण तथा अन्य औषधीजन्य र सुरक्षा सामाग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा रहन समितिले निर्देशन दिएको छ।