शनिबार, फागुन १०, २०८१

कर्णालीमा प्राकृतिक विपदका घटनाबाट एक महिनामा २ जनाको मृत्य, ३ जना वेपत्ता

  
कर्णाली टाइम्स शुक्रबार, साउन २७, २०७९
प्रतिकात्मक तस्विर।

सुर्खेत। चालु आर्थिक बर्षको एक महिनाभित्र प्राकृतिक विपदबाट कर्णाली प्रदेशमा २ जनाको मृत्यु भएको छ। यो अवधिमा ३१ वटा विपदका घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
दैलेखमा १, जाजरकोटमा ५, रुकुम पश्चिममा ३, सल्यानमा २, कालीकोटमा ४, जुम्लामा ५, डोल्पा र मुगुमा एकेक विपदका घटना भएका छन्। ती घटनामध्येमा कालीकोट र मुगुमा भएका घटनामा मानवीय क्षती भएको छ। मुगु र कालीकोटमा एक÷एक जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार विपदका घटनामा परि दैलेख, रुकुम पश्चिम र कालीकोटमा एक÷एक जना गरि ३ जना वेपत्ता भएका छन्। दैलेखमा १७ र जुम्लामा १ जनासहित १८ जना विपदका घटनाबाट घाईते भएको प्रहरीले जनाएको छ।
यस्तै प्रदेशभर १० वटा घरमा विपदबाट क्षति पुगेको छ।जाजरकोटमा ५, जुम्लामा ३, रुकुम र दैलेखमा एक÷एक घरमा क्षति पुगेको हो।
विपदकै घटनामा यो एक महिनाको अवधिमा २ जना घरपरिवार विस्थापित भएका छन् भने सात वटा पशुचौपायाको पनि मृत्यु भएको छ।
चालु आर्थिक बर्षको पहिलो महिना १० हजार रुपैयाँ बराबरको सम्पत्ति क्षति भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।