कर्णाली टाइम्स
आइतवार, साउन २९, २०७९
सुर्खेत। नेपाली कांग्रेसले निर्वाचन केन्द्रित अभियान गर्ने भएको छ। शनिवार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिले भदौ १० गतेदेखि राष्ट्रव्यापी रुपमा निर्वाचन केन्द्रित अभियान गर्ने निर्णय गरेको हो।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन केन्द्रति अभियान भदौ १० देखि भदौ २४ गतेसम्म चल्नेछ। यसअघि निर्धारण गरेको मितिलाई कार्यसम्पादन समितिले परिमार्जन गर्दै नयाँ मिति तय गरिएको हो।
कांग्रेसले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गर्न लागेको हो।
केन्द्रीय सदस्यहरुलाई ७७ वटै जिल्लामा प्रतिनिधिका रूपमा खटाएर निर्वाचन केन्द्रित अभियान गर्ने तयारीमा कांग्रेस छ। कांग्रेसले सत्ता गठबन्धनका दलहरुसँ मिलेर चुनावमा जाने निर्णय गरिसकेको छ।