कर्णाली टाइम्स
मंगलबार, भदौ ७, २०७९
सुर्खेत। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत चार कम्युनिष्ट दलहरुले आह्वान गरेको बन्दका कारण सुर्खेतका यातायातका ठूला साधन चलेका छैनन्। मालवाहक गाडीहरु पनि सुर्खेत तथा आसपासमा चलाईएको छैन।
वीरेन्द्रनगर बजारमा छोटो दूरीका यातायातका साधन अटो रिक्सा भने फाट्टफुट्ट चलेका छन्।
औषधी पसल, होटल बाहेकका अरु पसलहरु पनि बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार थोरै मात्रामा विद्यालयहरु सञ्चालन गरिएको छ।
वीरेन्द्रनगर बजारका मुख्य चोकहरुमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।
एमसिसी सम्झौता र विप्लव नेतृत्वको पार्टीसँग गरिएका ३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै बिप्लव नेतृत्वको नेकपा लगायतका चार राजनीतिक दलहरुले सोमबार विज्ञप्ती जारी गर्दै आज नेपाल बन्दको घोषणा गरेका थिए।